मंगलवार, 31 जनवरी 2017

संविधान सन्शोधन

संविधान संशोधन एउटा षडयन्त्र ! होसियार ! होसियार !! होसियार !!! सत्ताधारीपक्ष माओवादी र नेपाली काङ्रेस ले अमुर्त संविधान संशोधन प्रस्ताव सांसद सभामा दर्ता गराउनु र उनिहरु कै सांसद एवं नेताहरु ताई न तुई को अवान्छित आन्दोलन गरि सडक र सांसद भबन तताउनु यो सुनियोजित घटनाक्रम हो भन्ने बुझ्न गह्रौ छैन ! एक अर्काको विरोध गर्न सदैब उद्दत देखिने सताधारी पक्ष र प्रतिपक्षी दल अहिले संविधान संशोधन विरुद्धमा एउतै मंचमा उभि आक्रमक शैलिमा जनता लाई भड्काउनु उक्साउनु र सामाजिक द्वन्द फैलाउने जस्ता अवाञ्छित क्रिडा गरि रह्दा सत्ता पक्ष को द्वयध मान्सिक्ता स्पष्ट झल्किन्छ ! प्रधानमन्त्री पुष्प कमल दहाल जि को क्ष्द्म्भेदी चरित्रको पुनरावलोकन पनि गर्नै पर्छ ज्ञातव्य गराउन चाहन्छु पहिलो संविधान सभा ताका कुरो हो प्रचण्ड जि ले सबै समुदायको बिपरितार्थक माग लाई समर्थन दिएर उचालेर संविधानसभा को मृत्युवरण गरायो मधेसी को एक मधेस एक प्रदेस माग मा पनि समर्थन ,थारुवान को थरुहत राज्य लाई पनि समर्थन अखण्ड सुदुर पश्चिम लाई पनि समर्थन झापा मोरङ सुन्सरी सहितको लिम्बुवान राज्यलाई पनि समर्थन यस्तो छल प्रपन्च गरि मधेसी को माङ्ग लाई गर्भ्पतन गराउने दुशाहस गर्ने मध्ये को एक खलपात्र प्रचण्ड पनि हुन ! प्रचण्ड को यो चरित्रले कसैको हित गरेनन बरु राजनिती धरातल नै षडयन्त्रको भुमरीमा फस्दै गयो र परिणामस्वरूप संविधानसभाको अवसान भयो ! दोस्रो संविधानसभाले देस लाई एक थान संविधान त दिन भ्यायो तर दुर्भाग्यवश राज्य बाट शोशित पीडित बर्ग समुदाय आदिबासी जनजाती मधेसी थारु मुस्लिम लाई संविधानले समेटन सकेन र सम्बिधान एकल जातिय शाशन प्रानाली को पुनरावृत्ति एवं उथानको लागि मात्र सृजना गरिएको देखियो ! उत्पीडित समुदाय मधेसी संविधान बहिस्कार गरि आफ्नो हक अधिकार को लागि सडक सदन अवरुद्घ गरि आन्दोलनमा होमियो ६ महिना सम्मको लामो आन्दोलन र नाकाबन्दी को क्रममा ६० भन्दा बढीले ज्यान गुमाई सहादत दिए र पनि सरकार आन्दोलनको माग लाई सम्बोधन न गर्नु दुर्भाग्यपूर्ण घटना घटेको छ ! आन्दोलनकारीहरु सडक को आन्दोलन त्याग गरि सदन बातै माग पूरा गराउने निर्णय गरि सदन प्रवेश गर्नु स्वागत योग्य कदम चाले प्रचण्ड को सरकारमा सहमतीय वातावरणको निर्मान गरे तर प्रचण्डले आन्दोलनकारीहरु सङ बिना विचार विमर्श , बिना सहमती ताई न तुई का अपुर्न सम्विधान संशोधन प्रास्तब दर्ता गाराउनु र संशोधन विरुद्ध प्रतिपक्षीको अवाज मा अवाज मिलाउन आफनो नेता पठाउनु यो क्ष्दम्भेदी चरित्र होइन भने के हो ? सोच्निय बिषय के हो भने मधेसी ले नबलपरासी देखि कंचनपुर सम्म्को भुभाग एक प्रदेस र झापा देखि चितवन् सम्मको भुभाग एक प्रदेस हुन पर्छ यस्तै आदिबासी जनजातिहरु को पहिचान झल्किने गरि 10 प्रदेश को माग राखेको छ यो माग अन्तरिम संविधान र राज्य पुनर्संरचना आयोगको प्रस्तावित संरचना हो यो जायेज माग लाई सम्बोधन गर्नु को साटो ४ नम्बर प्रदेशबाट पहाडी जिल्ला लाई झिक्दा आन्दोलन गर्नुको ओचित्य छैन मधेस को मुलबासी हरु को हक अधिकार को विपरीत बुटवलको नवनागरिकहरुले गरेको आन्दोलन को कुनै अर्थ छैन तर महत्वपुर्ण कुरो के हो भने त्यो आन्दोलन भयो किन ? कसको स्वार्थ के छ ? पत्रकारहरु बढाइचढाइ त्यो आन्दोलन को सम्प्रेषण किन गर्छन जुन संचार मध्यमले मधेस्को ६ महिना कओ आन्दोलन लाई कुनै स्पेस दिन सकेन्न ,नाकबन्दी लाई भारतिय को नाकबन्दी को सङ्ग्या दिये ,आन्दोलन्कारी लाई विखणडनकारी आतंकबादी को नजरले हेरे , मधेसी आन्दोलनकारी लाई मोदिपुत्र भन्दै उपहास उडान बाकी राखेन्न आज त्यही नश्ल्बाद पत्रकारहरु बुटवलको आन्दोलन रास्ट्रबादी को आन्दोलन भनी हेद्लाइन बनाउन भ्याएर बरम्बार जनतामा सम्प्रेषण गर्नु उद्द्त भएका छन र सरकार संशोधन प्रस्ताब लाई पर्ख हेर विचार लाई आब्लम्बन गरेको छ आखिर किन ? यो एउटा् सुनियोजित षड्यन्त्र हो जनता लाई देखाउन खोजेको छ कि हेर ४ नम्बर प्रदेश बाट पहाडी जिल्ला मात्र झिक्दा विरोधमा जनसागर ओर्ल्यो रे विरोध गर्ने जति रास्ट्रबादी हुने तर जनजाती आदिबासी एवं मधेसि बहुल्य क्षेत्रको प्रदेश माग्दा विखण्डनबादी हुने रे यस्ता छल प्रपन्च रचेर नागरिक नागरिक बिचको सद्भावमा उथलपुथल मचाउने र यथास्थिति लाई नै जबर्जस्ती मान्न बाध्य बनाउने चल्खेल भैरहेको छ ! तर शासकहरुको दुस्स्चरित्रले नेपालको अस्तित्व नै गुमाउने प्रबल संभावना देखिन्छ र यस्को जिम्मेवार पनि त्यही एकल जातीय शाशक हुनुपर्छ ! होइन भने राष्ट्रियता भनेको अर्थ बुझ्नुपर्छ मधेसी लाई विखण्डनकारी भनेर राष्ट्रियता देखाउनु ,भारत लाई गाली गरेर राष्ट्रबादी ठान्नु र गौर्वन्वित हुनु नै विखणिडनबादी हो ! नेपाल बहुराष्ट्रिय देस हो विभिन्न राष्ट्र लाई बलपुर्वक छलपुर्वक मिलाएर बनाईएको देश हो यो देस तब मात्र अखण्ड रहन सक्छ र विकाश गर्न सक्छ जब सबै भाषा भेष धर्म संस्कृति नेपालको राष्ट्रियता मा झल्किन्छ हरेक नागरिकले राष्ट्र प्रती अप्नत्वको अनुभूति गर्न सकुन राष्ट्रियता भनेको देस को माटो पानी नाका सिमाना राष्ट्रको सबै भाषा भेष धर्म सन्स्कृती जात जाती नागरिक प्रती सद्भाव सद्प्रेम र अप्नत्वको अनुभूति गर्नु रक्षा गर्नु विकास गर्नु नै राष्ट्रप्रेम राष्ट्रबादी र राष्ट्रियता हो ! लेखक:- प्रभात राय भटट

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें

b