जनादेसलाई नया सविधानमा कार्यान्वयन गर्न र गराऊन यी नेताहरू लाइ जिमेवारी दियियो तर विडंवना के भईदियो भने मधेसी नेताहरु आ-आफ्नो स्वार्थ मा आसक्त भई मधेस मुक्ति लाई आफ्नो मंत्रिपद अध्यक्षपद र पैकेट भर्ने जुक्ति मा परिवर्तन गर्यो , त्यसैको दुस्परिन्नाम्स्वरूप मधेसी दलहरूमा उग्ररुपले पार्टी विभाजन गरि नया नया पार्टी खोलने होड़ चलेको छ ! नेताहरुले हुन त कारन धेरै देखायो सामंतवाद नातावाद जातिवाद कृपावाद पार्टी अध्यक्षहरू भएकाले हामी मिलेर बस्न सकेनौ,
तर जे जती कारन देखाए पनि परिणाम एउटा मात्रै आयो विखंडन !!! विखंडन !!! विखंडन !!!
यस्तो संकीर्ण मानसिकता बाट ग्रसित नेताहरूले आफ्नो स्वार्थसिधि सिधांतलाई आलिंगन गर्यो र मधेसी जनतामाथि मधेसी नेताहरुको खेलवाड़ हुनथाल्यो !
आज मधेसी जनताले देखेका मधेश मुक्तिको सपना माथि तुसरापात पर्ने भान सर्वत्र हुन थालेको छ,मधेश आन्दोलनमा सहादत प्राप्त गरेका सहीद हरुको सपना समेत चकनाचूर हुने कगार मा छ ! के यी मधेसी सहीद हरुको सपना साकार हुन्छ त ? के मधेसी नेताहरू पुनः एकजुट हुन्छ त ?भने जस्ता प्रश्न उठ्नु स्वाभाविक हो ! यदि नेताहरु सांचे नै मधेस मुक्ति चाहन्छन भने पुनः फुट्को भावना त्याग गरि एकजुट हुने मनोदशा मा जनताको अगाड़ी देखा पर्नु पर्ने आब्स्यकता मह्सुश गरिन्छ र पुनह समस्त मधेसी राजनैतिक दलहरु स्वार्थ लोभ पद को मोह त्याग गरि जातिवाद नातावाद कृपावाद बाट माथि उठेर ऐउटइ मधेस मुक्ति सिधांत को संकल्प गरि आत्मनिर्णय सहितको समग्र मधेस एक प्रदेश को निर्माण कार्यमा योगदान दिनुपर्छ ! र आउदों नया संविधान मा मधेश का एजेंडा हरु समावेशी गरि परतंत्र मधेसिहरुको अधिकार देसको हरेक निकायमा सुनिश्चित गरिसक्नुपर्छ
मधेस आन्दोलनको वलिदानले दिएको यो स्वभाग्य्पूर्ण अवसर को लाभ सक्दो छिटो उठाउने कार्यनीति बनाउनु पर्छ यदि अहिले प्राप्त भएका मौका बाट भने मधेसी नेताहरुको चरित्रमा कालो धबा लाग्नेछ र
ईतिहास को कालो सुचिमा नाम लेखिनेछ ! तसर्थ हे मधेसका भाग्य विधाता अग्रजहरु एक चोटी गंभीर भएर सोच्नुहोस की मधेसको फितलो राजनीती कुन दिशांतरमा लम्किदै गैरहेको छ !
लेखक-- प्रभात राय भट्ट
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें
b