सोमवार, 13 अगस्त 2012

मिथिला एकता समाज ( साउदी अरब-रियाद )

घोषणा पत्र :- २०६९-४-२६ 

साउदी अरबमा छरिएर रहेका मिथिलावासी युवाहरुलाई एकताबद्ध गर्नुको साथै रोजगारीका सिलशिलामा आएका सम्पूर्ण नेपालीहरु लाई पर्ण गएको समस्या समाधानको लागी पहल गर्ने उदेश्यका साथ गठित यो मिथिला एकता समाजले मिथिला को सारगर्भित एवं विराट संस्कृति ,गरिमामय पहिचान,मधुर मैथिलि भाषा र एतिहासिक सम्पदा को संरक्षण का लगी एकजुट भई सक्रिय रूपले कार्य सञ्चालन गर्ने प्रतिबद्धताका साथ साउदी अरब स्थित नेपाली राजदुतावास र यहाँ रहेका सम्पूर्ण नेपालीहरु द्द्वारा आ-आफ्नो ठाउ बाट गर्न सकने सहयोग र सलाह को अपेक्षा राख्दछौ !


हाम्रो मिथिला एकता समाजका उदेश्यहरू निम्नबमोजिम रह्नेछन :- 
१. संस्कृति :- मिथिलाको सारगर्भित संस्कृतिको विकाश र संरक्षण गर्नको निमित परम्परागत संस्कृति लाई विश्वको रंगमंचमा मंचन गर्ने र गराउने !

२.मातृभाषा :-आफ्नो मातृभाषा को संरक्षण र विकाश का निमित मैथिलि युवाहरुलाई साहित्य,कला,संस्कृति प्रति जागरूक र सिर्जनशील बनाउन विभिन्न किसिमको कार्यक्रमहरुको आयोजना गर्ने गराउने जस्तो की कवी समेलन,काव्यवाचन,गीत संगीत,नाटक र चेतनामुलक कार्यक्रमहरु गराई प्रतिभावान रंगकर्मी र रचनाकार लाई प्रोत्साहित र पुरस्कृत गर्ने !

३.सम्पदा:- मिथिला क्षेत्रका प्राकृतिक र कृतिम सम्पदाहरू लाई संरक्षण गरी केही मुख्य सम्पदाहरू लाई विश्व सम्पदा सुचिमा नामकरण गर्नको निमित यथासंभव प्रयास गर्ने जस मध्ये जनकपुर को जानकी मंदिर लाई पहिलो प्राथमिकता दिईनेछ !

४.पहिचान:- मिथिला क्षेत्रमा वसोवास गर्ने सम्पूर्ण मिथिलावासिहरू लाई आफ्नो मौलिक पहिचान प्रति सजग र संघर्षशील बनाउन प्रेरित गर्ने !

५.एकता :- आज सिंगो विश्वमा धर्म युद्ध,जातीय द्द्वन्द्ध र सांप्रदायिक दंगा भईरहेको वेला पनि हाम्रो मिथिला समाजमा अनेकता मा एकता झलकी रहेको छ ! यो हाम्रो गौरव को विषय हो ! यस एकता लाई बलियो र मजबूत बनाउन प्रयत्न गरिरहने !
६.भेष:- मनाब जीवनमा भेष एउटा अंग ढाकने साधन मात्र नभई मनाबको सामाजिक पहिचान लाई पनि झलकाउदछ ! त्यसै गरी हामी मिथिलावासिको पहिरन धोती कुरता गमछा र पाग अति लोकप्रिय र आरामदायिक पोषाक हो ! यो भेषले विश्व सामु हाम्रो अलग पहिचान झाल्काऊदछ ! तसर्थ यसलाई राष्ट्रिय पोषाक को ऐनमा मात्र सिमित नराखी ब्यवहार मा पनि लागु गराउने !
७.धर्म:- हाम्रो देश धर्म निरपेक्ष भई सकेको हुनाले सबै धर्म र धर्माव्लम्बीहरु लाई उचित मान मर्यादा र सम्मान गर्ने ! मठ,मंदिर,मस्जिद,गिरिजाघर,कुण्ड
,तलाव,तपोवन,योगाश्रम र चाड पर्वमा कुनै किसिमको मतभेद नराखी एक अर्कालाई सघाउने प्रयत्न गर्ने !
८.सहयोग:- साउदी अरबमा रहेका सपूर्ण मिथिलावासी एवं नेपाली नागरिक माथि पर्ण गएको समस्याको लागी यस संस्था द्वारा सक्दो सहयोग प्रदान गरिने छ 
९.वैदेशिक रोजगारिका लागी जनचेतना अभियान :-
(क) रोजगारिका लागि साउदी अरब आउने युवाहरुलाई रोजगारका प्रकृति बारे जानकारी गराउने र सम्बंधित कामका लागि चाहिने न्यूनतम योग्यता बारे परामर्श दिने !
(ख) वैदेशिक रोजगारीमा जानु पूर्व सम्बंधित मुलुकको बारेमा सामान्य वातावरण,हवापानी,ऐन-कानून,भाषा र कामको बारेमा जानकारी लिन प्रेरित गर्ने !
(ग) रोजगारीमा आउनु पूर्व भएको समझौता अनुसारको तलब सुबिधा उपलब्ध नभएमा सम्बंधित निकाय (विदेश पठाएको MENPOWER र सम्बंधित राजदुतावास)मा तुरंत संपर्क राख्न प्रेरित गर्ने !
(घ) आपतविपत परिआएको खंडमा नेपाली राजदुतावास वा मिथिला एकता समाज संग यथासंभव संपर्कमा आउन वा जानकारी गराउन ध्यानाकर्षण गर्ने !
१०.उद्धार :- 
(क) रोजगारीमा आउनु पूर्व गरिएको समझौता पत्र (agreement)अनुसारको काम र पारिश्रमिक नपाएको सुचना प्राप्त भएको अधारमा सम्बंधित विदेश पठाउने menpower र रोजगारदाता संग संपर्क गरी समझौता वमोजिम सुविधा र पारिश्रमिक उपलब्ध गराउन पहल गर्ने !
(ख) रोजगारिका लागि विदेश जांदा विदेश पठाउने सम्बंधित menpower कम्पनीले अर्थात ढ़ाटी फरक किसिमको काम र सुविधा देखाई पठाएको परमानित भएमा सम्पूर्ण क्षतिपूर्ति सम्बंधित menpower कम्पनीले ब्य्होरने गरी आएको ३ महिना भित्र यथाशीघ्र नेपाल पठाउने पहल गर्ने !
(ग) साउदी अरबको कारागारमा वर्षों देखि वन्दी जीवन गुजारीरहेको मिथिलावासी एवं नेपालीहरुको उद्धारको लागि साउदी अरब स्थित नेपाली राजदुतावास र परराष्ट्र मन्त्रालयको ध्यानाकर्ष्ण गराउने !
(घ) यस मिथिला एकता समाज लाई प्राप्त सुचनाको आधारमा विभिन्न दुर्घटनामा परी मृत्यु भएका नेपालीहरुको मृत शरिर (शव) विभिन्न कारन वस महीनौ देखि अलपत्र परिरहेका छन ! जे जसरी मृत्यु भएको भएपनि प्रक्रिया पुर्याई सम्बंधित निकाय नेपाली राजदुतावास संग संपर्क गरी मृत शरिर लाई उसको घर-परिवार सम्म पुर्याउन र उचित क्षतिपूर्ति उपलब्ध गराउन पहल गर्ने !
११.राजदुतावास संगको सहकार्य :-
(क) हाम्रो संस्था मिथिला एकता समाज द्द्वारा सञ्चालन गरिने सम्पूर्ण कार्यक्रम को जानकारी साउदी अरब स्थित नेपाली राजदुतावास लाई गराई सो को आधारमा आवश्यक क़ानूनी सहयोग,सलाह र परामर्श लीइनेछ !
(ख) रोजगारीको सिलसिलामा आएका नेपाली (महिला-पुरुष) कामदारलाई परेको समस्याको समाधानको लागि यहाँ को सरकार संग आवश्यक कूटनैतिक सहयोग र परामर्शको लागि दूतावास संग सहकार्य गरिने छ 
१२.सुचना तथा संचार :-
(क) साउदी अरबमा भएका मिथिलावासी एवं सम्पूर्ण अप्रवासी नेपालीहरु लाई नेपाल को महत्वपूर्ण गतिविधि र मुख्य समाचारहरु सामाजिक संजाल जस्तै:-facebook, web site र मिथिला एकता समाजको ब्लॉग www.mithilaektasamaj.blogspot.
comमार्फ़त जानकारी गराईनेछ !
(ख)यस मुलुकमा नेपालीहरु संग सम्बंधित घटना,दुर्घटना को बारेमा नेपालमा रहेका राष्ट्रिय संचार माध्यम द्वारा प्रसारण गराउने प्रयत्न गरिनेछ !
(ग)यस मुलुकमा नेपाली संघ संस्था द्वारा कुनै पनि किसिमको औपचारिक वा अनौपचारिक कार्यक्रम को आयोजना भएमा विभिन्न पत्र पत्रिका वा संचार माध्यम वा सामाजिक संजाल द्वारा सबैलाई जानकारी गराउने प्रयत्न गरिनेछ !
१३.दाईजो प्रथाको उन्मूलन तथा भूर्ण हत्याको रोकथाम :- 
विश्व जगत २१औं सताब्धिमा चलिरहेको अवस्थामा पनि हाम्रो समाज संकुचित र संकीर्ण मानसिकता बाट अलग हून नसकि दाईजो प्रथालाई आफ्नो शान र प्रतिष्ठा ठानी यस प्रथालाई बढ़ाबा दिरहेको छ ! तुलनात्मक रुपमा नेपालको विभिन्न ठाऊ मध्य मिथिला लगाएत मधेशी समाजमा यसले जरानै गाड़ी सकेको पाईन्छ जसको कारन धनि गरीब छोरा-छोरी श्रीमान श्रीमती विचको विभेदकारी दुरी अझ बढ़ने अबस्था देखिन्छ ! दाईजो कै कारन विवाह पश्चात् पनि एउटा स्वच्छ स्त्री आफनै श्रीमान,घरपरिवार,आफन्त र समाज बाटै अपहेलित र घृणित बन्न पुग्छे ! भने कतिपय यस्तो पनि सुन्न पाईन्छ दाईजो कै कारन बुहारी को हत्या गरिएको र कतिपयले अपहेलना को कारन आत्म हत्या गर्न बाध्यात्मक स्थिति आएको पाईन्छ !
दाईजो कै कारन भूर्ण पहिचान गरी छोरी भएमा भूर्ण हत्या र छोरी जन्मिएमा शिशु हत्या सम्मका गंभीर अपराधले बढ़ाबा पाउने गरेका छन ! यदि समय मै यसलाई रोक्न सकिएन भने भोली नारी माथिको दमन अत्याचारको साथै हाम्रो समाजमा सृष्टी सृजन गर्ने आमहरुको आभाव हुन सक्छ !जस बाट सृष्टी संचालन मा अवरोध नहोला भन्न सकिन्न !
यस संकीर्ण र संकुचित प्रथाको अन्त्यगर्न को लागि आज को युवा वर्गले मुख्य जिम्मेवारी वहन गरी आफै बाट दईजो प्रथालाई निरुत्साहित गर्नु अपरिहार्य छ ! जसका लागि यो संस्था मिथिला एकता समाजले (दहेज़ मुक्त मिथिला) संस्था संग सहकार्य गर्ने पूर्ण प्रतिवद्धता जनाउदछ !
१४.अन्तत: यस पवित्र मिथिला एकता समाजलाई सदैब क्रियाशील बनाईरहनको लागि भ्रष्टाचार मुक्त र राजनितिक मुक्त संस्थाको रुपमा संचालन गरिने प्रतिबद्धता जनाउदछौ !!
                                                                             - :समाप्त: -        
 मिथिला एकता समाज -साउदी अरब रियाद                                                     प्रवक्ता-प्रभात राय भट्ट