शनिवार, 27 अगस्त 2011

धोती कुरता गम्छाको लोकप्रियता @प्रभात राय भट्ट

a
  • धोती कुरता गम्छाको लोकप्रियता !!!
मानव सभ्यताको संग संगै भारत वर्षमा जिउ ढाकने पहिरन को पहिलो पोशाक को रुपमा धोती कुरता
र गमछा को उत्थान भयो र यो पोशाक को दक्षिन एसिया मा राम्रो लोकप्रियता स्थापित भयो यो पोशाकले आफनो विशिस्ट विशेषताहरु बोकेका छन लगाउन सजिलो हुने जिउमा खुकुलो हुने कुनै पनि
शारीरिक परिश्रम गर्दा अप्ठ्यरो न हुने अर्थात आरामदाई पोशाक को रुपमा मानिन्छ साथै हिन्दुहरुको लागि यो अपरिहार्य पोशाक हो यसले हाम्रो संस्कृतिको झलक पनि दिन्छ धोती कुरता फाग र गम्छाले  सजिएको भेषमा विश्व सामु हाम्रो परिचय दिराख्नुपर्ने आवश्यकता पर्दैन हाम्रो पहिरन हाम्रो पोशाकले नै हाम्रो परिचय झलकाएको हुन्छ !यो  एउटा पोशाक मात्र न भएर हाम्रो अमूल्य संस्कृति को एउटा गहना हो ! यस माथि कसैले हस्तछेप गर्न खोज्यो भने हामी निरीह भएर बस्न सक्दैनौ !
                यो एउटा बड़ो आश्चर्यजनक कुरो हो मान्छे बिकसित हुदैमा आफ्नो संस्कृति लाई नै धरापमा पारिदिनु कहाको नियति हो ?  ज्ञातव्य गराउन चाहन्छु हमरा नेपाली दाजू भाई बुद्धजीवी र अग्रज हरु लाइ नेपालका आदिवासी र मंगोलियन संस्कृति बोकेका हमरा नेपालीहरु बाहेक सम्पूर्ण नेपाली नागरिक बाहुन छेत्री मधेसी मुस्लिम हरुको उद्गम स्थल सिन्धुतट हुदै गंगा तट्को आर्य समाज बाट यात्रा गर्दै नेपालको पहाड़ी भेग र मधेशको जंगली पर्यावरण क्षेत्र सम्म आइपुग्यो र स्थाई बसोबासको भूमि स्थापित गरियो ! हो हामी त्यही भारतवर्ष को संस्कृति बोकेर आयौ, हो त्यही को पहिरन धोती कुरता गमछा आज पनि प्रतेक नेपालीको घर घरमा बिधमान  छन यसलाई नकारन सकिदैन चाहे
मधेसी  होस की पहाड़े ! पहाड़े बुद्धजीवी हरु संग एउटा चाख्लाग्दो प्रश्न गर्न मन लाग्यो----------
धोती लगाउने मधेसी हरु लाई हेप्हा दृष्टी ले हेरिन्छ्न र उपहास को पात्र पनि  बनाईन्छ्न भने पहाड़े बाहुन हरु त्यही धोती लगाएर शुभ कार्य यज्ञो यज्ञादि पूजा प्रतिष्ठान वर्तवर्धन बिहे श्राध्य जस्तो सुभ कार्यहरू किन गर्छन ??? हो यसको उत्तर सजिलो छ यही नै तपाईको संस्कृति हो.........धोती कुरता नै तपाईको पोशाक हो  यो धरातलीय सत्य लाई नकारन मिल्दैन ! तसर्थ मेरो एउटा विनम्र आग्रह छ तपाईहरुको माझ मा आफ्नो पुर्वजका पहिरन धोती लाई हेला घृणा र उपहास को साटो मर्यादित ढंगले नेपालमा प्रतिष्ठित गर्नु तपाई हाम्रो परम कर्तव्य हो !
              आजको आधुनिक युगमा धेरै फेस्नेबुल मोडल मा डिजाइन गरिएका लुगाहरू आयो तर धोती कुरता का स्थान कसैले लीनसकेन धोती को लोकप्रियता मा कुनै कमी आएको छैन नेपाल भारत श्रीलंका बंगलादेश पाकिस्तान लगायत बिभिन्न देशहरुमा आफ्नो अस्तित्व कायम राखेकै छन ! धोती रत श्रीलंका र बंगलादेश का राष्ट्रिय पोशाक पनि हो ,संस्कृति परिवर्धन तथा पुरातत्व विभागले यस माथि विचार पुर्याउने हो भने नेपालको राष्ट्रीय पोशाक धोती कुरता गमछा बाहेक अरु कुनै बिकल्प छैन  !!!
                  by   प्रभात राय भट्ट

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें

b