मंगलवार, 30 अगस्त 2011

नया प्र.म.ज्यू@प्रभात राय भट्ट

हे नया नेपाल का
नया प्र.म.ज्यू
पुराना प्र.म.हरु अघाए
खाएर टनै घ्यू
अब बाँकी छ हाम्रो देशमा
अलिकता त्यूँन
आशा छ यसैमा तपाई
अघाऊन सकून
यातिले तृष्णा मेटियें न भने
हाम्रो आलो रगत छदैछ
बाघ रूपी नेताहरु का लागि
नेपाली जनता बाख्रा बनेकैछ
अब लुकी छिपी
शिकार न गर्नुस
हाम्रो घांटी मै
दांत गाड़ी वार गर्नुस
हामी तपाईको
आहार बन्न तयार छु
हाम्रो निमंत्रन्ना
स्वीकार गर्नुस
आलो रगत संगै मासु का
चोकटा पनि तान्नुस
तपाई को सेवा गर्नु
हाम्रो परम कर्तव्य हो
यति गरिएंन भने यो नर्क बाट
मुक्ति कसरी पाईन्छ
तपाईलाई त सत्ता
शासन कुर्सी चाहिन्छ
हामीलाई त केवल
संबिधान चाहिन्छ
खुवा मलाई मिठाई
ना ना थरिका ब्यंजन होइन
दुई छाक भोक टार्ने
साधन चाहिन्छ
ठूला ठूला गगन चूमी
महल होइन
खर पात माटो
ढुंगा काठ बांस को
झोपरिमा शांति र
मिठो निन्द्रा चाहिन्छ
आमूल परिवर्तनको नाममा
हमरा वीर सपूत हरु
चढ़े वलिदान
र पनि हामी
पाऊन सकेनौ
सार्वभौमसत्ता को 
नया संविधान
संविधान पाऊन त 
गार्हो भयो भयो 
भूखा निमुखा गरीबको
जीवन पनि सार्हो भयो
रचनाकार:-प्रभात राय भट्ट









कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें

b