शनिवार, 5 मई 2012

अखंड मधेश लाई विखंडन गर्ने षड़यंत्र !! लेखक:-प्रभात राय भट्ट

अखंड मधेश लाई विखंडन गर्ने षड़यंत्र !! लेखक:-प्रभात राय भट्ट

 सामन्तबादी शाषकवर्गका उत्तराधिकारीहरु माउवादी पार्टी,कांग्रेश र एमाले पार्टीले राज्य पुनरसंरचना को खाका तयार गरेको छ जसले अखंड मधेश लाई टुक्रा टुक्रा मा बिभाजित गरेर मधेश लाई विखंडन को खाल्टोमा धकेल्दैछन ! माउवादी पार्टीले ल्याएको राज्य पुनरसंरचना को खाका पुर्णतः मधेशको भविष्य र भावना संग विभेदपूर्ण खेलबाड गरेको छ ! माउवादीले ल्याएको दस वटा राज्य को प्रस्ताब मा पाँच वटा राज्य मधेश मा पारिएको छ ती राज्य हरु निम्न प्रकार छन - १.मेंची लिम्बुवान २.कोशी खुम्बुवान ३.विराट मधेश ४.अखंड चितवन ५.लुम्वनी थरुहट ! मधेश संग शाषकवर्गले यो सरासर अन्याय गरेको छ यसले मधेशको एकतालाई भंग गरेर दीर्घकाल सम्म मधेसी जनतालाई शोषण गर्ने दुष्प्रयास गरेको हो ! सामन्तबादी क्रूर शाषकहरुले जनता माथि शाशन र शोषण गर्नको निमित तिन वटा हथियारको प्रयोग गर्दछ १.अर्थतंत्र लाई धरासाही बनाउने २.शांति भंग गर्ने ३.नागरिक बिच आपसी मतभेद गराई एकता भंग गराउने ! नेपाल का शाषक वर्गले यी तिन वटा हथियार मधेशी नागरिक माथि प्रयोग गारी सकेका छन !

                     १.पहिलो हथियार- अर्थतंत्र लाई धरासाही बनाउने:- शाषकहरुले विभिन्न कालखंडमा मधेशको उर्वरभूमि आफ्ना नातेदार भाईभरदार पंडित पुजारी बाहुनहरु लाई मधेश का मलिला फांटीला खेत रामाईला घर घरेरी दान र विर्ताको नाम मा बाँडीयो र भूमिपुत्र भूमिका मालिकहरू लाई भूमिहीन बनाईयो सामंतीहरु मधेश का जगा जमीन लुटेर मालिक बन्यो र मधेशीहरु लाई मजदुर नोकर दास बनाई श्रम गाराएर श्रमिक लाई ज्याला मिह्निती समेत दिदैन्थ्यो ! यस्ता दमन शोषण का पीड़ित मधेशिहरू अझै राज्य बात उपेक्षित र शोषित छन !हरियो वन नेपाल का धन अबको कही वर्ष पछि उखान टुका का रुपमा मात्रै सुनन सकिन्छ होला मधेश का धरोहर सम्पति हरियो वन जंगल लाई राज्य द्वारा फाड़ानि गाराएर पर्वतीयहरुको वसोवास गराईदैछन ज्ञातव्य गराउन चाहन्छु झापा र नवलपरासी मा यसरी नै मधेशी बाट लूटिएको जमीन र वन फाड़ानि गाराएर पहाड़ बाट मधेश झारेका प्रतेक घर परिवार लाई ४/४ बिगहा जग्गा दियिएको थियो !मधेशमा अपराधिक गतिविद्धि को संजाल फैलाई मधेशीको नगदी र जिंसी पानी लूटिएको छ उदाहरणको लागी जनकपुर का तत्कालीन एस.पि.बंजाडा लाई लिन सकिन्छ जसले ४ वटा अपराधिक गिरोह बनाई चोरी डकैती अपहरण चंदा फिरौती हत्या जस्ता कुकृत्य गराई मधेशको अर्थतंत्र लाई धरासाही बनेको थियो !

                        २.दोस्रो हथियार- शांति भंग गर्ने :-विगत दस वर्ष देखि मधेशको जनजीवन अति कष्टकर अवस्था बाट गुज्रिदैछ मधेशका भूमिगत पार्टीहरु बाट पनि मधेशी जनताले निकै सास्ती भोग्नु परेको छ राज्यले भूमिगत पार्टीहरु संग वार्ता गरि समस्यालाई समाधान गर्नु पर्ने नैतिकता देखिन्छ तर राज्यले यस्तो गर्नु को साटो भूमिगत पार्टीहरुलाई निस्तेज र सखाप पार्ने नितिले मधेशमा अपराधीक गतिविद्धिको ठुलो संजाल फैलाऊन थाल्यो दिन्हुको पत्र पत्रिका टी.भी.को मुख्य समाचारमा मधेश को आतंक को खबर सुनिन्थ्यो आज चोरी डकैती अपहरण हत्या चंदा फिरौती सामान्य भैसकेको छ एवं प्रकार ले राज्य द्वारा मधेशमा झन भयावह स्थितिको सृजना गराईदियो र मधेशी को जीवन यापन कष्टकर हुदै गयो सिताले पहिलो पईला टेकेको भूमि मधेश र शांतिका दूत बुद्धको जन्मभूमि मधेश आज अशांत भयभीत र त्रसित छ यसरी मधेश मा अशांति को सृजना गराईयो !

                 ३.तेस्रो हथियार-नागरिक बिच आपसी मतभेद गराई मधेश को एकता भंग गराउने :-मधेशिहरू बिच मतभेद सृजना गराई मधेशको एकता लाइ भंग गर्ने खेल राज्यले पटक पटक खेलेको छ !मधेश आन्दोलनमा समग्र मधेश एकजुट भई हातमा हात मिलाई मधेश मुक्ति आवाज दियी आन्दोलन लाई निर्णायक तह सम्म पुर्याएको थियो मेंची देखि महाकाली सम्मको मधेशी एकता को गांठो लाई दरिलो संग कस्यो मधेश आन्दोलनमा थारू समुदायले अहम् भूमिका निर्वाह गरेको थियो तर शाषक वर्गले मधेश एकता लाई विखंडन गर्ने दाऊपेचमा लागी पर्यो ! थारू समुदाय लाई उचालेर भड़काऊने काम गर्यो सिधासोझा थारुहरू लाई प्रशिक्षण दिलायो की तिमीहरु मधेशी होइनौ मधेश संग को साठगांठ मा तिमीहरु थिचोमिचो मा पर्छौ यस्ता कपोकल्पित मनोग्रंथि भावनाको दलदलमा थारुहरू लाई फसायो !अनि थारुहरू आफनै मधेशी दाजुभाई संग वैर भाव गर्न थाल्यो आफ्नो एतिहासिक पहिचान मधेश र मधेशी को विरुद्ध आवाज उठायो र अलग थरुहट राज्य को मांग लिएर छूटै आन्दोलनमा उत्र्यो !
                          मधेश आन्दोलन र अंतरिम संविधान को जनादेश एवं १२ बुँदे सहमती र ८ बुँदे सहमती बमोजिम एक मधेश स्वायत प्रदेश को निर्माण गर्ने आदेश दिएको छ तर अब संविधान बन्ने वातावरण मिलिसकेको बेला सामंती शाषकहरुले मधेशको शक्ति कमजोर पार्ने शिलशिलामा मधेशी एकता लाई भंग गर्ने र मधेश मुद्दा लाई पखा लगाउने षड़यंत्र रचियो ! माउबादी कांग्रेस र एमाले ले ल्याएको राज्य पुनरसंरचना को खाका मधेशी जनता को भावना र भविष्य संग खेवाड गरेको छ ! अतः एक मधेश स्वायत प्रदेश न दिने खुलासा गरि सक्यो अब मधेशी जनता पुनह बाटोमा न उर्लियोस र राज्य को विरुद्ध सशक्त आन्दोलन न गरोस भन्ने तथ्य बुझेर बड़ो चलाखीपूर्ण षड़यंत्र रचियो !

                         देस को दोस्रो ठुलो भाषा भाषी मिथिला क्षेत्र को नाम विराट मधेश राखियो तर मिथिलावासी को पहिचान झलकने मिथिला राज्य नाम राखिएन माउबादीले मिथिला राज्य नाम राखेको भए मिथिलावासी आन्दोलनमा उत्रिने कुनै आधार थिएन बरु मधेशी जनताले एक मधेश एक प्रदेश को मांगमा अडिग रहन्थ्यो तर शाषक वर्गको सुनियोजित षड़यंत्र थियो की मिथिलावासी एक मधेश को मांग लाई बिर्सेर मिथिला राज्य को मांग गर्ने छन भोजपुरी भाषी ले भोजपुरा राज्य को मांग गर्ने छन अवध भाषी ले अवध राज्य को मांग गारे छन मुश्लिम समुदाय ले मुश्लिम को पहिचान को मांग गर्ने छन यादव ले यदुवंस राज्य को मांग गर्ने छन एवं प्रकार मधेश जातपात भाषा भेष धर्म संस्कृति को भेदभावको तनाबमा परि आपसी कलह र मतान्तर को सृजना हुन्छ अन्तोगत्वा एक मधेश स्वायत प्रदेश को गर्भपात हुन्छ यो शाषक वर्गको षड़यंत्र हो !

                          मधेश आन्दोलनको प्रसव पीड़ा बाट जन्मिएको एक मधेश एक प्रदेश शब्द लाई शब्दकोश मै हत्या गर्ने दुसाह्श गरेको छ यदि यस्तो भयो भने हमरा वीर मधेशी सहीदहरुको सपनाको हत्या हुनेछ ! के हामी मधेशी ह्त्याराहरू को तांडव नृत्य हेरेर चुपचाप बसछौ तं? पकाई बस्दैनौ हामी मधेशीहरु ले सामंती शाषकवर्ग का षड्यंत्र राम्ररी बुझिसक्यौ ततछन कही उथलपुथल भए पानी हाम्रो अनेकता मा एकता रही रहन्छ यद् रहोस विष को घैटो भरेपछि विस्फोट हुने निश्चित छ मधेशी सहीद हरु को वलिदान खेर जादैना हामी फेरी ६२/६३ को आन्दोलन लाई पुनर्जीवित गरि आफनो वीरता र युद्ध कौसलता को प्रदर्शन गर्ने छौ सरकारले घुडा टेकनै पर्छ र हाम्रो मधेश हामी लाई दिनै पर्छ एक मधेश एक प्रदेश को निर्माण हुन्छ नै !! जय मधेश,हाम्रो एकता हाम्रो सफलता
लेखक:-प्रभात राय भट्ट

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें

b