सोमवार, 7 फ़रवरी 2011

prabhat ray bhatt

नेपाली को लास ६ महिना देखि साउदी अरबमा कुहि रहेछ !!!
महोतरी जिल्लाको ग वि स एकरहिया वार्ड न:६ को रुपन राउत को छोरा बर्ष४२
रामदेव राउत रोटि रोजीको खोज गर्दै मरुभूमि देस साउदी अरब आइ पुगे !
अल याममा कम्पनिमा न्युनतम तलब भए पनि इमान्दारी पुर्बक कर्मठ्शील
भई श्रम गर्दै आइरहेका थिए ! तर त्यो कर्मठ्शील श्रमिक लाई के थाहा थियो र?
कि एक दिन म मृत्यु भई मेरो मिर्त शारीर यहि मरुभूमि विरण मा कुहि रहने छन् !
यो हृदय विदारक घटना हो सेप्तेम्बेर १५ २०१० को -- दैनिक काम काज कै शिलशिला
मा त्यो दिन पनि रामदेव राउत ढल भित्र काम गरि रहेको बेला अचानक थुनी राखेको
फोहोर पानी को मुहान भत्क्यो र रामदेव तिर मृत्यु को महाकाल भई लम्किदै थियो तर
विचरा रामदेव निरिह भई राख्नु बाहेक अरु कुनै विकल्प थिए न,अन्तोग्त्वा रामदेव दुख को संसार
त्याग गरि अन्तरिक्ष मा विलिन भयो ! बिडम्बना के भयो भने उनको मृत शरीरको अन्तिम संस्कार
हुन सकेन किन कि ६ महिना बितिसक्दा पनि उनको लास मातृभूमि नेपाल आइपुगेन र उहाको श्रीमती
वालवचा आफन्त सबैले लास कहिले आउछ भने बाटो हेरी बसेका छन् ! साउदी अरब स्थित नेपाली
राजदुतावास मा रामदेव का गाउले हरुले पनि सोधखोज गर्दा कम्पनीको दोष देखाउछ भने कम्पनि
ले नेपाली राजदुतावास को दोष देखाउछ ! आखिर जसको गल्ति भए पनि रामदेवको मृत शरीर
मरुभूमि मा कुहि रहेछ ! यसको जिमेवारी कसले लिने नेपाल सरकार ? सम्बन्धित मेनपावर ?
परराष्ट्र मन्त्रालय ? या नेपाली राजदुतावास ? या इ सबै सम्बन्धित निकाय ले ? सम्बन्धित
निकायहरु ले अबिलम्ब रामदेव को लास लाई उसको मातृभूमि मा ल्याइदिनु पर्यो र उसको
अन्तिम संस्कार गराई पिडित परिवार लाई राहत सहयोग समेत उपलब्ध गरिदिनु पर्यो !

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें

b