शुक्रवार, 2 अक्तूबर 2015

अखंड मधेश लाई विखंडन गर्ने षड़यंत्र !! लेखक:-प्रभात राय भट्ट सामन्तबादी शाषकवर्गका उत्तराधिकारीहरु माउवादी पार्टी,कांग्रेश र एमाले पार्टीले राज्य पुनरसंरचना को खाका तयार गरेको छ जसले अखंड मधेश लाई टुक्रा टुक्रा मा बिभाजित गरेर मधेश लाई विखंडन को खाल्टोमा धकेल्दैछन ! माउवादी पार्टीले ल्याएको राज्य पुनरसंरचना को खाका पुर्णतः मधेशको भविष्य र भावना संग विभेदपूर्ण खेलबाड गरेको छ ! माउवादीले ल्याएको दस वटा राज्य को प्रस्ताब मा पाँच वटा राज्य मधेश मा पारिएको छ ती राज्य हरु निम्न प्रकार छन - १.मेंची लिम्बुवान २.कोशी खुम्बुवान ३.विराट मधेश ४.अखंड चितवन ५.लुम्वनी थरुहट ! मधेश संग शाषकवर्गले यो सरासर अन्याय गरेको छ यसले मधेशको एकतालाई भंग गरेर दीर्घकाल सम्म मधेसी जनतालाई शोषण गर्ने दुष्प्रयास गरेको हो ! सामन्तबादी क्रूर शाषकहरुले जनता माथि शाशन र शोषण गर्नको निमित तिन वटा हथियारको प्रयोग गर्दछ १.अर्थतंत्र लाई धरासाही बनाउने २.शांति भंग गर्ने ३.नागरिक बिच आपसी मतभेद गराई एकता भंग गराउने ! नेपाल का शाषक वर्गले यी तिन वटा हथियार मधेशी नागरिक माथि प्रयोग गारी सकेका छन ! १.पहिलो हथियार- अर्थतंत्र लाई धरासाही बनाउने:- शाषकहरुले विभिन्न कालखंडमा मधेशको उर्वरभूमि आफ्ना नातेदार भाईभरदार पंडित पुजारी बाहुनहरु लाई मधेश का मलिला फांटीला खेत रामाईला घर घरेरी दान र विर्ताको नाम मा बाँडीयो र भूमिपुत्र भूमिका मालिकहरू लाई भूमिहीन बनाईयो सामंतीहरु मधेश का जगा जमीन लुटेर मालिक बन्यो र मधेशीहरु लाई मजदुर नोकर दास बनाई श्रम गाराएर श्रमिक लाई ज्याला मिह्निती समेत दिदैन्थ्यो ! यस्ता दमन शोषण का पीड़ित मधेशिहरू अझै राज्य बात उपेक्षित र शोषित छन !हरियो वन नेपाल का धन अबको कही वर्ष पछि उखान टुका का रुपमा मात्रै सुनन सकिन्छ होला मधेश का धरोहर सम्पति हरियो वन जंगल लाई राज्य द्वारा फाड़ानि गाराएर पर्वतीयहरुको वसोवास गराईदैछन ज्ञातव्य गराउन चाहन्छु झापा र नवलपरासी मा यसरी नै मधेशी बाट लूटिएको जमीन र वन फाड़ानि गाराएर पहाड़ बाट मधेश झारेका प्रतेक घर परिवार लाई ४/४ बिगहा जग्गा दियिएको थियो !मधेशमा अपराधिक गतिविद्धि को संजाल फैलाई मधेशीको नगदी र जिंसी पानी लूटिएको छ उदाहरणको लागी जनकपुर का तत्कालीन एस.पि.बंजाडा लाई लिन सकिन्छ जसले ४ वटा अपराधिक गिरोह बनाई चोरी डकैती अपहरण चंदा फिरौती हत्या जस्ता कुकृत्य गराई मधेशको अर्थतंत्र लाई

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें

b