मंगलवार, 31 जनवरी 2017

कविता

कविता :- पक्ष पोशक@ प्रभात पुनम तिमी राम्रो काम गर्दा पनि म न राम्रो नै भन्छु , मेरो मन ले न माने पनि मेरो परिवेश को करले तिम्रो काम लाई कहिले राम्रो भन्न सकिदैन ! किन कि म तिमी जस्तो हुन् सकिन, तिमी भित्र जो साहस छ, म भित्र छैन ! तिमी आफ्नो अस्तित्व कायम गर्न चाहन्छौ , म उनिकै अस्तित्व को गुणगान गर्नु धर्म सम्झिन्छु ! तिमी परिवर्तन चाहन्छौ, म यथास्थिति कै पोशक बन्न चाहन्छु ! तिमी स्वराज चाहन्छौ , म उपनिवेश लाई भाग्य ठान्दछु । तिमी आफ्नो इतिहास लेखन चाहन्छौ, म उनी कै इतिहासमा रम्न्न चाह्न्छु ! तिमी आफ्नो अधिकार माग्दा राष्ट्रद्रोही बन्छौ, म तिम्रो विरोध गर्दा रास्ट्रबादी भनाउछु ! तिमी जब जब माग्छौ बराबरी को अधिकार , म सदैब गर्ने छु तिम्रो प्रतिकार ! तिमी बन्छौ परिवर्तन अभियान को उद्घघोशक, म हुने छु यथास्थिति को पक्ष पोशक ! 02-01-2017

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें

b