शनिवार, 28 अप्रैल 2012

मधेश आन्दोलन किन ? र यसको औचित्य के थियो ?? @प्रभात राय भट्ट

मधेश आन्दोलन किन ? र यसको औचित्य के थियो ??

६२/६३ को मधेश आन्दोलन मा मेची देखि महाकाली सम्मको सम्पूर्ण मधेशी नागरिकले आफ्नो मौलिक हक जन्मशिद्ध अधिकारको सुनिश्चिता राष्ट्रिय सेनामा समाबेसी राज्य को हरेक निकाय मा बराबरी को अधिकार समानता को संविधान, आफ्नो पहिचानको निर्माण,मान स्वाभिमान र स्मिताको रक्षा,आफ्नो धर्म संस्कृतिको उत्थान आफ्नो भाषा को विकाश मधेशको माटो मा मधेशी को अग्राधिकार,आफ्नो सरकार आफ्नो प्रशाशन,आफ्नो सेना आफ्नो शाशन यी सबै मुद्दा को नाम राखियो आत्म निर्णय सहितको "एक मधेश एक प्रदेश" को निर्माण त्यतिखेर दुई चार जना बाहेक मधेश मुद्दा को नेतृत्व गर्ने मधेसी नेताहरुको जन्म पनि भएको थिएन त्यो आन्दोलन मधेशी जनता को थियो ! आफ्नो ज्यानको बाजी लगाएर बडो बहादुरीका साथ मधेशी जनताले मधेश आन्दोलन लाई अगाडी बढायो वीर मधेशी योद्धाहरुले आफ्नो ज्यानको वलिदान दिई मधेश आन्दोलन लाई निर्णायक तह सम्म पुर्यायो तर विडम्बना भनौ कि षड्यन्त्रकारी क्रुर शाषकहरु द्द्वारा एउटा यस्तो क्षेप्यास्त्र को प्रयोग भयो जसको प्रभाव बाट मधेश आन्दोलन विराम लियो त्यो क्षेप्याश्त्र को एटम परमाणुहरु थियो नेपाली कांग्रेस एमाले र माओबादी पार्टी का मधेशी नेताहरु जसले बडो चलाखी पूर्ण ढंगले वार्ताको नाम मा २२ बुंदे सहमति गरेर मधेश आन्दोलन लाई गतिहीन बनाई दियो नत्र आज हाम्रो मधेश स्वतन्त्र भैसकेको हुन्थ्यो !
संविधान सभाको चुनावमा आफ्नो स्वार्थ पुरा गर्न र मधेश लाई लुट्न को लागि यी छद्मभेदी नेताहरुले मधेशको नेतृत्व गर्ने विडा पनि उठायो मधेशी जनाधिकार फोरम भने संस्था लाई निर्वाचन आयोग मा दर्ता गराई मधेशवादी पार्टी खोल्यो यता कांग्रेस पार्टी लाई त्याग गरेर कोहि आए भने कोहि वहिर्गमन मा परेर आएका नेताहरुले तराई मधेश लोकतान्त्रिक पार्टी को निर्माण गर्यो ! मधेशी जनता लाई असल नेतृत्वको खोजि थियो त्यसै बेला नेताहरु ले "मधेश" शब्द को मुखौटा लगाएर मधेशबादी भएको देख्दा मधेशी जनतामा हर्ष उलास को वातावरण सृजना भयो !संविधान सभको चुनावमा मधेशीहरु जातपात भेदभाव रंगभेद लिंगभेद जस्ता शब्दहरु लाई तिलान्जली दिदै र बर्सो देखि लागेका पार्टी को मोह त्यागेर फोरम,त्.म.लो.पा.र सद्भावनामा आफ्नो मतदान गरि एतिहासिक रुपमा अत्यधिक सिट मा विजय गरायो संविधान सभामा चौथो शक्तिका रुपमा फोरम स्थापित हुनपुग्यो
तर एउटा कुरा स्पस्ट देखिन्छन कि संविधान सभाको चुनावमा केवल मधेशी नेताको स्वार्थको विजय भएको थियो र जनताको पराजय भएको थियो किनभने नेताहरु स्वार्थ्लिप्सा मा आसक्त भई विभिन्न बहानामा पार्टी फोड़दै गयो कहिले जातिवाद अतिवाद कहिले हाम्रो सिद्धान्त न मिलेको भन्दै आफ्नो आफ्नो अध्यक्षता मा नव पार्टी निर्माणको शिलशिला बढ्दै गयो मधेशी एकता भंग हुदै गयो अर्को तिर थारु समुदायको नेतृत्व कर्ताहरुले षड्यन्त्रक सिकार भई आफुहरु मधेशी न भएको र एक मधेश एक प्रदेश हामी लाई मान्य छैन अतः थारुहरुले थरुहट राज्य को मांग लाई अगाडी बढायो !
त्यतिबेला मधेशी नेताहरुले थारु समुदायलाई एक मधेश एक प्रदेशका फायदाहरु समृद्धवान मधेश राज्यका सपनाहरु देखाउनु पर्थ्यो थारुहरुको घर दैलो पुगेर भातृत्व प्रेम आपसी एकता एक मधेश एक प्रदेश भित्रको स्वायत थरुहट को हक अधिकार को रुप रेखा त्यैयार गरेर देखाउनु पर्थ्यो तर यी सबै काम गर्ने कुनै मधेश नेता लाई बोद्ध भएन अब संविधान करिब करिब बन्ने ठोकुवा भैसकेको बेला नेपाली कांग्रेस एमाले ए माओबादी यी तिन दल एक मधेश एक प्रदेशको विरुद्ध राज्य पुनर्संरचना को खाका तयार गरेको छ ! यता मधेशी नेताहरु को आफैमा एकता नभएका हुनाले शक्ति मा ह्रास भएको देखिन्छन भन्ने मधेशी युवाहरुको मनोबल पनि गिरेको देख्न सकिन्छन !अर्को तर्फ एक मधेश एक प्रदेश माथि एउटा नव बज्रपात खसेको छ त्यो हो मिथिला राज्य को मांग यदि एक मधेश एक प्रदेश न बन्ने हो भने हामी लाई मिथिला राज्य चाहिन्छ भने मांग लिएर जनकपुरवासीहरु सडकमा ओर्लिएको छ यो एउटा हतोत्साहित मनोदशाको उपज मात्र हो !
एक छिन गम्भीर भएर सोंचौ आखिर मधेशी भनेको के हो ? दक्षिण गंगा तट देखि उत्तर हिमालय पट सम्म र पुर्ब टिष्टा खोला देखि पश्क्षिम सतजल सम्म को यी चार किल्ला को मध्यभुमि लाई मध्यदेश भनिएको छ जसको अपभ्रंश शब्द कालान्तर मा मधेश भएको हो र यहाँ बसोबास गर्ने लाई मधेशी भनिएको छ ! हामी मधेशीहरु लाई इस्ट इंडिया कम्पनी ब्रिटेन र नेपाल को साह्वंसी एवम राना शाषकहरु बीचको सम्झौतामा हामी मधेशी दुई टुक्रा मा विभाजित भयौ भारत मा भएका मधेशीहरु पूर्णरुपले स्वतन्त्र छन् भने नेपालमा भएका मधेशीहरु अझै सरकार द्द्वारा गुलाम बनाइएका छन् दोस्रो दर्जाका नागरिक बनईएका छन् ! भन्नु को आसय के हो भने राज्य द्द्वारा मधेश लाई पटक पटक विखन्डन गर्ने षड्यन्त्र रचिदै आएको छ र हामी मधेशी सामन्तबादी शाषक को सिकार भई हालछौ
यदि हामी लाई मिथिला राज्य,भोजपुरा राज्य, थरुहट राज्य,अवध राज्य,विराट राज्य,यदुवंश राज्य आदि इतियादी राज्य नै चाहिन्थ्यो भने ६२/६३ को मधेश आन्दोलन किन ? ५६ वटा मधेशी सहिदहरुले दिएको वलिदान को औचित्य के ? आन्दोलनमा कसैले छोरा गुमाए कसैले बुबा गुमाए कसैको सिउँदोको सिन्दुर पोछियो कति बाचाहरु टुहुरा भएँ त्यसको मुल्यांकन खोई ?आखिर किन गर्नु परेको थियो मधेश आन्दोलन मिथिला,भोजपुरा,अबध,कोचिला,थरुहट राज्यहरु को निर्माण माओबादी पार्टी कै दस्तावेज हो यसको लागि मधेश आन्दोलन को आवस्यकता थिएन मधेशी योद्दाहरुले बलिदान दिनु पर्ने कुनै जरुरत थिएन ! मधेश आन्दोलन को एउटा युगान्तकारी उदेश्य थियो एक मधेश एक प्रदेश को निर्माण ! मधेशी वीर सहिदहरु ले आफ्नो रगत बाट एक मधेश एक प्रदेश को गर्भधारण गराएको छ ! के हामी ति सहिदहरु को सपना लाई गर्भ मै तुहाईदिने ? यस्तो कदापी हुन् सक्दैन यदि यस्तो भयो भने हाम्रा आउने सन्ततिहरु ले हामी लाई धिकार दिनेछन मधेश को इतिहास मा एउटा कालो दाग लाग्ने छ ! तसर्थ हामी मधेशी हरु निरुत्साहित र हतोत्साहित नभई एक मधेश एक प्रदेश को लागि ससक्त आन्दोलन गरौ सरकार र मधेशी नेता लाई दबाब दियुं ६२/६३ को उर्जा लाई पुनः प्रदर्शन गरौ र एक मधेश एक प्रदेश निर्माण गरौ !!!

लेखक:-प्रभात राय भट्ट

        गीत:-
नै चाही थरुहट भोजपुरा नै मिथिला विराट प्रदेश//मुखड़ा
हमरा सभ के चाही एक मधेश स्वायत प्रदेश //२

टुकरा टुकरा भS कS कियो नहि होएब स्वतंत्र
मुक्ति नै भेटत ककरो शाशन होएत परतंत्र
रचल जारहल अछि जातपात भेदभावक षड़यंत्र
शोषक शाषक केर अछि मधेश विखंडन मूलमंत्र
नै चाही थरुहट भोजपुरा नै मिथिला विराट प्रदेश //
हमरा सभ के चाही एक मधेश स्वायत प्रदेश //२

जागु जागु जागु मधेशी बैढ़ कS आबू आगू
माए मधेश बाट तकैय नीन सं जागु
वीर सहिदक सपना के निरर्थक नै मेटाबू
मेची सं महाकाली तक एक मधेश एक प्रदेश बनाबू
नै चाही थरुहट भोजपुरा नै मिथिला विराट प्रदेश //
हमरा सभ के चाही एक मधेश स्वायत प्रदेश //२

मेची सं महाकाली चूरे भाभर सं तराई,
हिन्दू मुश्लिम थारू शिख इसाई, हम सभ छि भाई भाई
नै जातपात नै मजहब हमर, मधेश मुक्ति धर्म कर्म हमर
हम सभ मधेशी मधेश हमर,मधेश मुक्ति धर्म पथ हमर
नै चाही थरुहट भोजपुरा नै मिथिला विराट प्रदेश //
हमरा सभ के चाही एक मधेश स्वायत प्रदेश //२

मधेशी एकता जिंदाबाद,जिंदाबाद जिंदाबाद
विखंडनकारी मुर्दाबाद,मुर्दाबाद मुर्दाबाद
स्वतंत्र मधेशी जिंदाबाद, जिंदाबाद जिंदाबाद
परतंत्र नेता मुर्दाबाद,मुर्दाबाद मुर्दाबाद
एक मधेश एक प्रदेश जिंदाबाद, जिंदाबाद जिंदाबाद
नै चाही थरुहट भोजपुरा नै मिथिला विराट प्रदेश//
हमरा सभ के चाही एक मधेश स्वायत प्रदेश //२

रचनाकार:-प्रभात राय भट्ट


कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें

b