शुक्रवार, 20 अप्रैल 2012

मधेशी नेताहरु को भूल र प्राश्चित@प्रभात राय भट्ट

मधेशी नेताहरु को भूल र प्राश्चित

मधेशी नेताहरूले विगतका समयमा गरेको गलती स्विकार्दै प्राश्चित हुने तत्परता व्यक्त गरेका छन !यिनीहरुले गरेका गल्ति बाट मधेश को मुख्य मुद्दा नै धरापमा पर्यो ६२/६३ को मधेश आन्दोलनले दिएको जनादेश अन्तरिम संविधानले दिएको सुवर्ण अवसर बाट जति सक्दो छिटो लाभ उठाउनु पर्थ्यो तर नेताहरु बेखबर भई मधेश मुद्दा लाई अवमुल्यन गर्यो ! मधेशी जनताले देखेको सपना दिएको बलिदान लाई मधेशी नेताहरु ले पटक पटक छ्ताछुल र मथर पार्ने काम गरियो आ-आफ्नो स्वार्थलिप्सा मा पार्टी फोड़ने अलग पार्टी निर्माण गर्ने सत्ता र कुर्शी पाउन को लागी मधेश विरोद्धी तत्वहरु संग सांठघांट गरी मंत्री बन्ने र मधेश को मुद्दा लाई बिर्सने प्रबृति का कारन मधेशी युवा शक्तिहरू को मनोबल मा ह्रास देखिएको छ !  


                      विडम्बना भनौ मधेश मुद्दा लिएर संविधान सभाको महल मा प्रवेश गरेका मधेशी नेताहरु काठमाडौँ लगायत विभिन्न सुख सुबिधा संम्पन्न शहरहरुमा आफ्नै महल ठड्याउने रकम जुटाउन मा लागि परे ! यता मधेशी नेताहरु को मनसाय बुझेर धुर्त चालबाज़ शाषकले हड्डी फाल्ने कम को सुरुवात गर्यो र मधेशी नेताहरुले हड्डी पाउन का लागि आफैमा लुछालुछ गर्न थाल्यो जसले हड्डी पायो उसलाई निल्न साह्रो भयो जसले पाएन उसलाई पार्टी मा अटाउन गाह्रो भयो अन्तः निरङ्कुश शाषक का उत्तराधिकारी हरु को जालमा मधेशी नेताहरु फसेर मधेशको मूल मुद्दा लाई बिर्सिदै गयो,यता मधेशीहरु को सपना माथि तुसारापात हुने क्रमको सुरुवात भयो,मधेशका वीर सहिद हरुले दिएको बलिदान को अवमुल्यन हुदै गयो,चेतनशील मधेशी युवाहरु लाई निरुत्साहित पर्ने काम गरियो,सरकारी निकायको मातहतमा हतियारधारी गिरोह गठन गराई मधेश मा कोहराम मचाईयो मधेश को शान्ति भंग गराईयो लुटपाट,अपहरण,हत्या,चन्दा,फिरौती को संजाल बढ्दै गयो ! बेरोजगार मधेशी युवाहरु लाई सरकारी रेख देख मा अपराधिक गतिविधिमा सामेल गराईयो मधेशको अर्थतन्त्र लुटेर मधेशीहरु को आर्थिक स्थिति लाई कमजोर बनाईयो स्वार्थ पुरा भै सके पछी फेरी सरकार द्द्वारा नै तिनीहरु को निर्ममता पुर्बक हत्या गराईयो एक शब्द मा भन्नुपर्दा मधेशमा भयावह: स्थिति को सिर्जना भयो र यो सबै आरोप निराधार मधेश का राजनैतिक लडाकु दलहरुको (शसस्त्र क्रान्तिकारीहरुको )टाउकोमा थुपार्यो ! नेपाल का संचार जगतले पनि वैमन्यस्ता ढंग बाट क्रान्तिकारी राजनैतिक दलहरु को संख्यामा बढोत्तरी गरि १२० को संख्या मा रहेको कपोकल्पित सुचना समाचार प्रसारण गर्यो जब कि सत्य तथ्य जाने हो भने तिनीहरु को संख्या करिब २० को हर हरि मा थियो बाँकि रहेका हतियारधारी समुह हरु मधेशी हरु को जीवन यापन कस्टकर बनाउन क निमित शाषक वर्ग बाट नै संचालित थियो !


                     उपरोक्त घटनाहरु का जिम्मेबार मधेशी नेताहरु नै हुन् नेताहरु विश्वास गुमाई सकेका छन् जनताहरु को विश्वास जित्न लाइ गाह्रो पर्ने छन् !तर एक चोटी फेरी मधेशीहरु ले विस्वाश गर्नु पर्ने समय आएको छ मधेशी नेताहरुले आफ्नो भुल लाइ प्रास्चित गर्न चाहन्चन भने हामी जनता ले साथ दिनु पर्छ शाषक वर्ग का उत्तराधिकारी हरु संघियता बिनाको संविधान र मधेश लाइ टुक्र्याउने दाउपेच मा लागि परेको संकेत देखा परेका छन् यसको विरुद्धमा र मधेशी को पहिचान झल्किने खालको राज्य पुनर्संगठन को माग को लागि मधेशी नेताहरु बीच मोर्चाबन्दी हुनु सार्थक पक्ष हो ! मधेशीमोर्चा लाई सघाउने र साथ दिन का लागि पहाडे बाहुन क्षेत्री शाषक बाट पिडित जनजाती आदिवासी मंगोलियन र पिछडावर्ग का नेतृत्व गर्ने सम्पूर्ण निकायले आफु बीच छलफल गर्दै छन् यस्तो अबस्थामा हामी मधेशी बुद्धिजीवी वर्ग किसान कर्मचारी र परिवर्तन का मूल श्रोत मानिने युवा वर्ग अग्रपंक्ति मा ससक्त कदम चाल्नु पर्छ हामी सबै पिडित जनताहरु एकजुट भई मधेश को मूल मुदा आत्म निर्णय सहित को "एक मधेश एक प्रदेश" प्रति सक्रिय भूमिका निर्वाह गर्ने हो भने मधेशी जनताले आफ्नो स्वतंत्रता,मौलिक अधिकार,गुमिएको अस्मिता प्राप्ति बाट कसैले रोक्न सक्दैन ! हाम्रो एकता नै हाम्रो सफलता हो !! जय मधेश !!!

लेखक:प्रभात राय भट्ट

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें

b