शुक्रवार, 21 अक्तूबर 2011

कसैले भन्छन लोकतंत्र आयो@प्रभात राय भट्ट

कसैले भन्छन लोकतंत्र आयो
कसैले भन्छन गणतंत्र आयो
तर जे जे आये पनि
देशमा संविधान आएन
मुलुकले जती प्रधानमंत्री पाए पनि
देशमा शांति छायेना 
देश का अमनचैन कसले विरायो
देश का आमूल परिवर्तन कता हरायो
लोकतंत्र गणतंत्र आये पनि
शोषक साशकहरू फेरियेन
उही शाषकहरू लुकेका छन
लोकतान्त्रिक नेता का भेषमा
दमन शोषण कायमै छ
हाम्रो नया नेपाल भन्ने देशमा
आफ्नै देश का जनतालाई
सम्झिदैछ विदेशी
जन्मसिद्ध नागरिक अधिकार 
बाट वंचित छदैछ मधेशी
रचनाकार:-प्रभात राय भट्ट




कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें

b