मंगलवार, 4 अक्तूबर 2011

रक्षा मंत्री,मोहन बैध र मधेश !!!लेखक:-प्रभात राय भट्ट

रक्षा मंत्री,मोहन बैध र मधेश !!!
रक्षा मंत्री सरत सिंह भंडारीको अभिव्यक्ति एउटा धरातलीय सत्यको  प्रतिबिम्ब  हो यसमाथि कसैले आपति जनाउनु अस्वाभाविक हुनेछ मंत्री भंडारीको अभिव्यक्ति दूरदृष्टि रअग्रगामी सोचको एउटा ध्रुबसत्य निष्कर्ष हो यदि सरकारले बेलामै मधेसी जनताको मर्म बुझेन र मधेसी जनताको हक़ हित अधिकार बमोजिमको काम गर्ने होइन भने वर्षों देखि सामंती शाषक द्वारा शोषण उत्पीडन उपेक्षित जस्ता आगो को रापमा जल्दै आइराहेका मधेशी समुदाय देश मा ज्वारभाटा को रूप मा बिष्फोट हुनेछ र देशमा एउटा युगांतकारी सुनामी आउनेछ जसको नियंत्रण गर्ने सामर्थ्य सरकार संग कदापि हुदैन र मधेसी जनताले आफ्नो स्वाधीनता प्राप्त गर्न कुनै कसर बांकी रखने छैन मधेसी जनताले पूर्ण स्वतंत्रता प्राप्त गर्न हरेक मूल्य चुकाउन तयार रहने छन ! तसर्थ सरकार र प्रतिपक्ष राजनेताहरु मधेश समस्या र मुद्दा माथि संवेदनशील भई सकारात्मक सोच का साथ मधेसी जनजाति थारू  मुश्लिम र पिछड़ावर्ग हरुको हक़ अधिकार सुरक्षित गरी देश का सम्पूर्ण निकायमा समावेशी गर्नु पर्ने ब्यवस्था नया संविधानमा पारित गराउनु पर्ने अपरिहार्य कर्तव्य हो ! नेपाल एकीकरण भयेताकैकाल देखि मधेसी जनता आफ्नै भूमिमा आफ्नै राज्यका सत्तारूढ़ सामंती र शोषक शाषक हरु बाट उपेक्षित हुदै शोषण उत्पीडन र भेद भावको शिकार हुदै आईरहेकाछन !
                             विडम्वना के हो भने  यो देश मा जस्तो सुकै परिवर्तन आये पनि मधेसी जनता माथिको शोषण सिधान्त जारी नै रहियो साहबंसिय शाषक लई पदच्युत गरी राणा शाषक आये तर त्यों झन्न दुराचारी र निरंकुश भये जनताले राणा शाशन फाले संबैधानिक राजतन्त्र र प्रजातंत्र आयो तर त्यों शाशकले पनि आफ्नो स्वार्थ मा आसक्तभई शोषणसिधान्तलाई  फाल्न  सकेन जसको कारन जनताको इक्षा र आकांनछा बमोजिमको  कार्यप्रणाली न्यायप्रणाली र ब्याव्स्थापिका को संविधान आउन सकेन तथापिफेरीदेस कासपूत हरुले  युगांतकारी परिवर्तन को बिगुल बजाये र सम्पूर्ण देशवासी आन्दोलनमा उत्रिए अंत तह राजतन्त्र फालि यो र लोकतंत्र नेपाल को अभ्युदय गराउन नेपाली जनता सफलता प्राप्त गरे लोकतंत्र नेपालको उदयकाल को संग संगै सामन्ती साशक बाट पीड़ित भएका मधेसी जनजाति थारू मुश्लिम र अन्य पिछड़ावर्गहरु ले रंगभेद लिंगभेद भाषा भेशको भेद चुवाछुत लाई तिलांजलि दिदै आ-आफ्नो भाषाभेष धर्म संस्कृति को उथान गरी आफ्नो राष्ट्रिय पहिचान बनाउन का लागि विभिन्न संघ संस्था र क्षेत्रीय राजनितिक पार्टी खड़ा गरी सरकार समक्ष आफ्ना जन्मसिद्ध नागरिक अधिकार र मौलिक अधिकार  सुनिश्चितता को मांग राखे ! त्यसै मांग हरुको एउटा प्रमुख माग हो मधेसी युवा हरु लाइ  राष्ट्र का गौरवमय संस्था  राष्ट्रिय  सेना  मा  सामूहिक  रुपमा  समावेशी  गराउने  यो मधेश जनांदोलन को जनादेश र अंतरिम संविधानको आदेश पनि हो !
                             रक्षा मंत्री सरत सिंह भंडारीले मधेसी युवाहरु लाई सेनामा समायोजन गर्न खोज्दा सत्तारूढ़ दल र प्रतिपक्ष दल ले समेत आत्मसात स्वागत गर्नु पर्ने ठाउमा विरोध गर्ने यी दल हरु नेपाली कांग्रेस, एमाले लगायत माऊबादी पार्टी युगांतकारी मुखौटा लगाएका मोहन किरण बैध उच्चवर्गीय सामन्ती सिधान्त बाट अभिप्रेरित र यथास्थितिबाद का पुजारी हुन भने कुरा मधेसी जनताहरुको अगाड़ी उजागर भैसकेकाछन भने नेपाली कांग्रेस एमाले र बैध पक्षधर हरुको राजनीती अखाडा मधेश बाट  विलुप्त  हुने संकेत  पनि देखा  पर्न  थालेको  छ ! मधेसी मोर्चा र माउबादी बिच भएको ४ बुँदे सहमती राष्ट्रघाती हो भने कुरा लाई पटक पटक  झलनाथ खनाल को अभिव्यक्ति र बैध को अभिव्यक्ति ले मधेसी युवाहरु लाई गुंडा फटाहा र भारत को चल्खेलमा पलिने भारौते हरु लाई नेपाली सेनामा समावेशी गर्न सकिदैन भने विवेकशून्य मूढ़ता र क्रूर सामंती शोषणबाद् सिधांतको अभिव्यक्तिले मधेसी जनता को राष्ट्रीयता भावना माथि हन्न र खेल्वाड गरेको छ ! मोहन किरन बैधको यो घृणित र लजास्पद अभिव्यक्ति बाट यो कुरा प्रस्ट हुन्छ की सामन्तबाद शोषक हरुको भग्नावशेष बाट मोहन बैध जस्ता मूढ़ बम्शंकर को अविभार्व भएको हुन्छ !जसले आफ्नो निजी स्वार्थशिद्धि का लागी माउबादी पार्टी भित्रै तिन धार को सृजन गरेको छ  बैध  कहिले  पनि शांति र संविधान निर्मंको सहमती माँ देखा परेनन  यसको पनि एउटा रहष्य छ  ! बैध को मन मा ठुलो महत्वाकांक्षा के छ भने एकलौटी शाशन गरि मधेसी जनता माथि शोषण र दमन गरिने अभिप्रायले शक्ति द्द्वारा सत्ता कब्ज़ा गर्ने चल्खेलमा अझै ग्रषित देखिन्छन  यस्ता कुंठित र संकीर्ण मानसिकता का रोगी बैधले मधेसी जनताको भावना संग खेलवाड़ मात्र गरेका होइन बरु लोकतंत्र सिधान्तको अमूलपरिवर्तन माथि नै तुसारापात गर्ने अभिव्यक्ति दिएका छन ! एक चोटी फेरी ध्यानकर्षण गराउन चाहन्छु बैधले देश को कुल जनसंख्याको ५२% रहेको मधेसी नागरिक का छोरहरू लाई गुंडा र फातहा का संज्ञा दिई सेना समावेशी बाट बंचित गराउने अभिव्यक्ति ले यो प्रष्ट भएको छ की लोकतंत्र नेपाल मा अझै मधेसी नागरिक लाई दोस्रो दर्जा को नागरिक श्रेणी मा राखिएको छ  यदि होइन भने मोहन किरण बैधले मधेसी जनता संग माफ़ी मान्ग्नु पर्ने नैतिकता देखिन्छ !
लेखक:-प्रभात राय भट्ट

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें

b