शनिवार, 22 अक्तूबर 2011

शेर ए सरत शिंह भंडारीको लोकप्रियता@prabhat ray bhatt

  • शेर ए सरत शिंह भंडारीको लोकप्रियता !!!  
सरत सिंह भंडारी एउटा यस्तो हस्तिको नाम हो जसले नेपालको राजनितिमा आफ्नो अस्तित्व्लाई एउटा अस्त्म्भ को रुपमा अस्थापित गरी सकेका छन हरेक कालखंडमा जनताको हकहितलाई ध्यान मा  राखी आफुलाई परिवर्तनको धारमा उभियाएर अनवरत यात्रा गर्दै आएका छन त्यसैको प्रतिफल हो राजनीती क्षेत्रमाँ चाहे जस्तो सुकै आंधीबेहरी आये पनि वहांको अस्तित्वमा नकारात्मक प्रभाव पार्न सकेन !यसको प्रमुख कारन के छ भने आफनो मातृभूमि प्रतिको प्रगाढ़ प्रेम राष्ट्र प्रतिको वफ़ादारी र जनताको मर्म बुझी जनताकै हक़ हित को लागी काम गर्ने लगनशीलता नै सफलताको मुलभुत स्रोत हो पंचायतकाल देखि को राजनीती बाट लोकतंत्र सम्म को यात्रा मा वहां जनताको मन जितन सफल रहनु भएको छ ! वहां को प्रतिभा र छवि एउटा कुशल राजनीतीज्ञ को छ सायद त्यसै कारन पंचायतीकाल देखि हाल सम्म १२ओं  पटक मंत्री भईसक्नु भएको छ !
                  सरत सिंह प्रति मधेसी जनताको विस्वास र आस्था एउटा अनौठो किसिमको छ २०५६ सालको कुरो हो त्यति बेल्लाको संसदीय निर्वाचनमा नेपाली कांग्रेस को अखाडा रहेको महोतरी जिल्ला बाट रा.प्र.पा.को दिग्ज नेता रामविलास यादव र महेंद्र राय को प्रभाव र लोकप्रियता बाट विगतको निर्वाचनमा हार खाई सकेका थिए र २०५६ को निर्वाचनमा पनि नेपाली कांग्रेस बिस्थापित हुने कगारमा थियो त्यों बेला सरत सिंह भंडारी आफ्नो निर्वाचन क्षेत्र न:३ छाडी राम विलासको  क्षेत्र ३ बाट लड़ने निर्णय लियो र नेपाली कांग्रेस लाई महोत्तरी को ४ वटा सिट विजयी गराउने प्रतिबद्धता दिनु भयो  निर्वाचन भयो र नेपाली कांग्रेस ४ सिट बाट विजयी भयो ! त्यति वेला म नेपाल प्रहरी को जागीरे थिए र संयोगले मेरो दरवंदी त्यही थियो र यो सबै घटना मेरो आँखाले प्रत्यक्ष देखेका थिए र मलाई बड़ो अचम लाग्यो रामविलास जस्तो लोकप्रिय नेता र उसको पकड़ रहेको आफनै जन्मभूमि को क्षेत्र बाट एउटा पहाड़ी मुलको  मधेसिले राम विलास लाई हराउन कसरी सफल भयो यो कुरा मेरो मनमा खेली राख्यो र संयोगले मेरो सरुवा काठमांडू भयो र सरत सिंह भंडारी स्वास्थ्य मंत्री हुनुहुन्थ्यो एक दिन म वहांको काठमांडू स्थित निवास मा वहां संग भेटन गए र वहां संग गपस्प चलन थाल्यो  र वहां को व्यबहार देखेर म एक छीन बिर्से की यो कुनै मंत्री को निवास हो मलाई आफ्नै घर मा भये जस्तो लाग्यो र त्यहा उपस्थित सबै जाना आफनै घरमा भएको महसूस गरीरहेको थियो ! गपशपको सिल्शिलामा मैले सोधे दादा अरु मधेशी नेताहरु भन्दा तपाई प्रति मधेशी जनताहरुको छूटाई विस्वास र आस्था छ यसको कारन के होला ? वहांले छोटो जवाफ दिनु भयो महोत्तरी जिल्ला को ४ वताई छेत्र मेरो हो र म महोत्तरी जिल्ला भरिका नागरिक हरुको सेवक हूँ मलाई त्यति वेल्ल ख़ुशी लाग्छ जाती वेला आफ्नो क्षेत्र बाहेक का मान्छेले भन्न आउछ दादा यो काम दादा त्यों काम र पहिलो प्राथमिकता म उनिहरु लाई नै दिन्छु ! मेरो मन ले वहां लाई धन्यबाद दिदै म त्यहाँ बाट विदा भए वास्तव मा भन्ने हो भने सरत सिंह एउटा कर्मनिष्ठ र उद्दार स्वाभाव का व्यक्ति हुन !
                    सरत सिंह भंडारी कुनै भेदभाव न राखी समग्र मधेशको विकाश र राज्य द्वारा शोषित पीड़ित र उपेक्षित मधेशीको हक़ हित र अधिकार प्राप्तिका लागी सदैव सजग र संघर्षरत हुनुहुन्छ विगत का दिनमा वहां बाट मधेशी जनता केही आंशिक रुपमा लाभान्वित थिए भने अहिले को लोकतंत्रमय  नेपालमा मधेशी जनताहरू लाई राज्यको प्रतेक निकायमा बराबरी को अधिकार दिलाऊन दतचित भएर अग्रपंक्ति मा देखा पर्नु भएको छ मधेश जनआन्दोलनको जनादेश र अंतरिम संबिधानले दिएको स्वभाग्य्पूर्ण आदेश लाई आफु रक्षा मंत्री भएकै काल मा नै १०००० हजार मधेशी युवा लाई सेनामा समावेशीकरण प्रक्रिया लाई अगाड़ी बढ़उनु भयो सामंती स्वाभाव का प्रतिपक्षी प्रतिक्रियावादिहरू अवरोध खड़ा  गरी मधेशी का छोरा हरु लाई गुंडा को संज्ञा समेत दिईयो  त्यसै को जवाफ मा सरत सिंहले भन्नु भएको थियो यदि राज्य्ले समय मै अदूरदर्शी सोच न राख्ने हो भने र कुल जनसंख्याको ५२% मधेशी हरु लाई बराबरी को अधिकार बाट वंचित राखी नै राख्ने हो र मधेशी हरु लाई अझै बंधक बनाउने चलखेल गरियो भने तराई का २२ जिल्ला मिलेर अलग देश बनाऊन कसले रोकन सक्छ ? यो एउटा भविष्य मा देखिएको खतरा बाट  राष्ट्र को अखंडता लाई जगाऊंन को निमित प्रश्नात्मक अभिव्यक्ति थियो जसलाई कुर्शी सत्ता को ताखमा बसेको यथास्थितिवाद का संग्रक्षकहरु र सामंती शाशन का चरम पराकाष्ठा पार गरी सकेका नेपाली कांग्रेस, एमाले र मोहन किरण बैध का पक्षधर हरुले सरत सिंह को वाक्यांश लाई बढ़ाई चढाई गरेर राष्ट्रघाती विखंडनकारी जस्ता निराधार आरोप लगाई ब्यापक रुपमा नारा जुलुस सड़क जाम चकाजाम र संसद अबरुद्ध  जस्ता घृणित काम गर्न बाट पनि चुकेनन अंततह: निवर्तमान रक्षामंत्री को राजीनामा समेत मांग गरियो तर सरत सिंह रति पनि विचलिटी  भएन र वहां आफ्नो  सिधांत  मै अडिग रह्यो  

               तर विडम्वना भनु पर्छ सरत सिंह माथि त्यस्तो अन्याय र विभेदपूर्ण सिर्जनात्मक आरोप लगाउदा  समेत मधेशी मोर्चा रमधेशी जनअधिकार फ़ोरम लोकतान्त्रिकमुखदर्शक  का पात्रभएका थिए सत्ता का सौदागरहरु स्वार्थलोलुपता का आसक्त भई आफ्नो मान स्वाभिमानलाई समेत वली चढ़ाएरएक चोटी फेरी मधेसी  दलहरु आफ्नो अधिकार सुरक्षित  गर्नबाट बिमुख भए जस्तो लाग्छ ! सरत सिंह भंडारी लाई  राजीनामा गर्न बाध्य  तुल्याई प्रतिपक्षिहरू मधेशी मोर्चाको मुखमा  बूजो लगईदिएको छ  सत्तासीन मधेशी दलहरु लाई खबरदारी गरेको छ चुपचाप मन्त्रीको कुर्शिमा बस,तलब भता खाएर मुख बंद गरी राख,तिमीहरु हाम्रो दासी हौ दासत्व स्वीकार गरी बस,राज्य र शाशन प्रणाली को बिरुद्धमा केही बोलिस भने तिम्रो कुर्सी पनि टिक्दैन, प्रतिपक्षीहरु सासु कुटेर बुहारी लाई तरसाऊने उक्ति लाई बड़ो मज्जाले मधेशी दलहरु माथि प्रयोग गरेका छन ! तर सरत सिंह भंडारी अटल छन राज्य लाई चुनौती दिएका छन मलाई राष्ट्रद्रोह को अभियोग लगाऊ तर पनि म मेरा मधेश का लागी लड़ी रहने छू मधेश को स्वाधीनता प्राप्त को निमित म सदैव अग्रपंक्ति मा हुनेछु !सरत सिंह भंडारी को यो शाहसी अभिव्यक्ति  र मधेश मुक्ति का लागि चालिएको प्रसंशनीय कदम प्रति समग्र मधेशी गौरवान्वित भएका छन सम्पूर्ण मधिसी को आस्था र विस्वास का पात्र सरत सिंह भंडारी भई सके ,यो राजीनामा प्रकरण वहां को लोकप्रियता र मधेश्प्रती को वाफदारिता  लाई सर्वत्र उजागर गरिदियो तसर्थ यो हार होइन विजय को संकेत हो सरत सिंह अब महोत्तरी को शान मात्रै होइन मेची देखि महाकाली सम्मको मधेशी को मुटु मा विराजमान भईसकें
लेखक:-प्रभात राय भट्ट

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें

b