राष्ट्रीयता भनेको राष्ट्रको माटो संग जसको प्रगाढ़ प्रेम हुन्छ,जसले राष्ट्रको प्राकृतिक भाषा भेष संस्कृति पर्यावरण जीवजन्तु को संगरक्षण गर्छ र कुनै प्रकार को छुवाछुत लिंगभेद रंगभेद न राखी सबै लाई समान्ताको व्यबहार गर्दछ त्यों नै राष्ट्रबदी हो ! तर कथित राष्ट्रबादी भनाउदो सामन्तबादीहरु विभेदपूर्ण एकात्मक शाशन
प्रणाली लाई शोषण गर्ने उदेश्य ले जनतामा लागु गर्ने र गराउने प्रक्रिया लाई नै राष्ट्रबाद भने ठान्दछन ! र जसले यी सामन्तीहरुको अन्त्य गर्न खोज्दछन र विरुद्ध मा आवाज उठाउदछन तिनीहरु लाई देश द्रोह र राष्ट्रघात को संज्ञा दिई दबाउने काम गरिन्छ ! तर आज संसार भरि आर्थिक र स्वतन्त्रता को क्रान्ति मा जनताहरु तिब्रगतिले बाटोमा उर्लिएको छ ढिलो चाडो चरणबद्ध तरिकाले विश्व भरिका सामन्तीहरुको अन्त्य निश्चित छ यसको ज्वलन्त उदाहरण हो लिबिया को क्रुर र दमनकारी शाषक कर्नल मोहमद गादाफी यी क्रुर सामन्ती शाषक र हिंशक प्राणी बाघ को तुलनात्मक अन्त्येष्ठी एउटै प्रकार को हुन्छ बाघ जब बुढो हुन्छ सिकार गर्न असक्षम हुन्छ जसले गर्दा आलो रगत् र मासुको चोक्टा खान पाउदैन र उसको शक्ति मा ह्रास हुदै जान्छ तब बाघ माथि साना मसिना जीवजन्तु हरु आक्रमण गर्छ बाघ लाई आहार बनाउछन र बाघ निरिह भएर हेर्नु बाहेक केहि गर्न सक्दैन अन्तः बाघ को अन्त्य हुन्छ ! ठिक यसै प्रकार सामन्ती शाषक को अन्त्य पनि यस्तै हुन्छ जब जनतामा चेतनाको विकाश हुन्छ तब जनता द्द्वारा युगान्तकारी संग्राम हुन्छ र जनता को विजय हुन्छ ! देस सत्ता शाशन जनताको हात मा आउँछ र सामन्तीहरु जनता लाई दमन शोषण गर्न पाउदैन तब क्रुर शाषकहरु बुढो बाघ जस्तै निष्क्रिय र निरिह हुन्छ ! अनि राष्ट्र द्द्वारा शोषित उपेक्षित हरेक समुदायहरु हरेक वर्ग लिंग का नागरिकहरु आफ्नो अधिकार सुनिश्चित को आवाज उठाउदै देशको प्रत्येक निकाय समावेशीकरण हुदैजान्छ र सामन्तबादहरुका उतराधिकारीहरुको अस्तित्वमा ह्रास हुदैजान्छ र निरिह भएर हेर्ने बाहेक अरु केहि गर्न सक्दैन अन्तः सामन्तीको अवसान माथि सर्वहारावर्ग को विजय हुन्छ ! आज को परिप्रेक्ष मा केहि यस्तै हालत छ सामन्तबाद का उतराधिकारीहरुको जसले आफ्नो अवसान निश्चित हुने भय डर त्राश ले त्रशित भई खोक्रो राष्ट्रवाद का नारा लगाएर आम जनताहरु लाई झुक्याउन र पुनः आफ्नो काया पलट गर्ने दाउपेचमा लागि परेका छन् ! शाषक को शोषण अभिव्यक्ति राष्ट्रबादी जनताको अधिकार अभिव्यक्ति अराष्ट्रबादी यो कस्तो विडम्वना हो ?
लेखक:-प्रभात राय भट्ट
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें
b