गुरुवार, 20 जनवरी 2011

ईस्वर लाई सोध्नु @ प्रभात राय भट्ट

ईश्वर लाई सोध्नु ???
हे ईश्वर यो कस्तो बिडम्बना हो तिम्रो संसारमा !!
कोहि बिरासी व्यंजन खाई नखाई सकी अघाइरहेछ् !!
कोहि दुई छाक भोक टार्न छटपटाईरहेछ !!
जल जंगल जमिन यी सबैको हक लाग्ने सम्पदा हो ,
तर गरिब यी जन्मसिद्ध अधिकार बाट किन बन्चित भयो ?
यदि भोजन खान् नपाएर मान्छे मर्छ भने ,
किन गरिब लाई भोक दियौ ?
यदि ओषधी नपाएर मान्छे मर्छ भने ,
किन गरिब लाई रोग दियौ ?
यदि गरिब भएर जन्म लिनु अभिशाप हो भने ,
किन गरिब को जन्म दियौ ?
यदि आफ्नो अधिकार माग्नु पाप हो भने ,
किन यस्तो धर्म बनायौ ?
यदि नागरिक को सुख-शान्ति को सुरक्षा ,
राज्यले गर्न सकेनन भने ,
किन यस्तो राज्यधिश बनायौ ?
यदि पिडित ले न्यायालयमा न्याय पाउन सके न भने ,
किन यस्तो न्यायधिश बनायौ ?
यदि निरंकुस सताधारी कै प्रभुता हो भने ,
किन हामी लाई गरिब र निरिह बनायौ ?
यदि सधैं सर्व सुख भोग विलाश को अधिकारी
तानासाह सामन्तबाद नै हो भने ,
किन हामी लाई दास बनायौ ?
यदि भ्रस्टचारी अत्याचारी र दुराचारी नै सम्पन्न सभ्य हो भने ,
किन हामी गरिब लाई विवेकशील र ईमान्दार बनायौ ?????

कविता को रच्यैता:-प्रभात राय भट्ट

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें

b