शुक्रवार, 21 जनवरी 2011

मधेस आन्दोलनको सुरुवात रा वर्तमान अबस्था @सुबोध यादव


मधेस आन्दोलनको सुरुवात र वर्तमान अवस्था
–सुवोध यादव,
नेपालले समाधान गर्नु पर्ने विभिन्न मुद्दाहरुमध्ये मधेसको विषय पनि एउटा सशक्त मुद्दा हो । रघुनाथ ठाकुर सन १९५६ मा मधेशकको पक्षमा मागहरु राखेका दिन होस या अहिले संविधानसभामा प्रतिनिधित्व गर्ने मधेहवादी दल मधेहकै पक्षमा मागहरु राख्दै आएकाछन् । उनीहरुको मागलाई नेपाल सरकारले विभिन्न वार्ता टोलीका माध्यमबाट छलफल र सम्झौता गर्ने गरीरहेकोछ । तर कार्यान्वयनमा सन्तुष्टि नभएर हुने बिभिन्न रुपको आन्दोलन रोकिएका छैनन् । पछिल्लो पटक २०६७ साउन ७ गते लोकतान्त्रिक मधेशी मोर्चाले सरकारका लागी समर्थन गर्न राखेका पुर्व सर्तहरुमा पुरानो सहमतिका मागहरु दोहोर्याउनुले सरकार सम्झौता गर्न जति हतारीन्छ त्यतिकै कार्यान्वयनका लागी देखीदैन ।

सिराहाका वेदानन्द झाले नेतृत्व गरेको तराई कांग्रेस तत्कालीन मोरङ जिल्ला हरिनगरा गा.वि.स. वर्तमान सुनसरी जिल्ला हरिनगरा गा.वि.स.का रघुनाथ ठाकुरले नेतृत्व गरेको मधेस जनक्रान्तिकारी दल सप्तरीका गजेन्द्र नारायण सिंहले नेतृत्व गरेको सद्भावना परिषद (पछि नेपाल सद्भावना पार्टी) सुनसरीका उपेन्द्र यादवले नेतृत्व गरेको मधेसी जनअधिकार फोरम, सुनसरीकै बिजय गच्छदारले नेतृत्व गरेको मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक), सर्लाहीको महन्थ ठाकुरले नेतृत्व गरेको तराई मधेस लोकतान्त्रिक पार्टी लगायतले मधेसका विभिन्न माँगहरु राख्दै आन्दोलन गरे । कहिले एक्लै त कहिले मोर्चा बनाएर ।

ती आन्दोलनहरु प्रशासनिक, सामाजिक र आर्थिक रुपमा मधेसी समुदायप्रति भेदभाव, प्रवृत्ति अवलम्बन गरिएको ती आन्दोलनहरु, तत्कालीन संविधान र कानुनले पनि सहयोग र संरक्षण गरेको छैन । सरकारले लागू गर्न चाहेको भाषा सम्बन्धी नीतिमा सर्वोच्च अदालतले हस्तक्षेप गरेर कार्यान्वयन हुन नदिएको र कहिले देखावटी रुपमा केही बुँदाहरुमा कार्यान्वयन गरे पनि सम्झौता लागू गर्ने नियतले नभएको देखिन्छ ।


मधेसप्रति राज्यले गरेको यस्तै विभेदले भित्र भित्रै असन्तुष्टि बढ्दै गएको थियो । जसले मधेस विद्रोहको रुप २०६३ माघ ५ गते लाहानमा माओवादीले रमेश महतोको हत्या गरेपछि लियो । तत्कालीन माओवादी नेता मातृका यादवको नेतृत्वमा महतोको लास लाहानको महेन्द्र चौकबाट माओवादीले मधेस आन्दोलनकारीको कब्जाबाट लुटेर लगेपछि आन्दोलन मधेसभरि फैलियो । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले २ पटकसम्म सार्वजनिक रुपमा सम्बोधन गरेपछि मात्र मधेस विद्रोह रोकिएको थियो ।

राणा शासनकालमै नेपाली कांग्रेसले प्रजातन्त्र प्राप्तिका लागि संघर्ष गर्न तयार गरेको स्वतन्त्रता सेनानीमा मधेसी र जनजातिमूलका धेरै मानिसहरु सरिक थिए । नेपालको प्रत्येक आन्दोलनमा मधेसी र जनजाति समुदायको ऐतिहासिक सहयोग हुँदाहुँदै पनि अधिकार प्राप्तिको बेला जहिले पनि मधेसी र जनजातिहरु ठगिएको पाएपछि मधेसीहरुकै हकहितका लागि आवाज उठाउन २०१० सालमा सिराहका वेदानन्द झाले गठन गरेको तराई कांग्रेसले पहिलो पटक नेपालमा संस्थागत रुपमा मधेसी मुद्दालाई उठाएको हो । तराई कांग्रेसले हिन्दी भाषालाई नेपालको प्रमुख स्थान दिनु पर्छ भन्ने माँग राखेका थिए ।


मधेसीहरुको मुक्तिका लागि सुनसरीको रघुनाथ ठाकुरले क्रान्तिकारी आवाज उठाए । उनले नेपालको बृटीस इष्ट इन्डीया कम्पनी र भारतसँग भएका विभिन्न सन्धीहरुको हवाला दिदै तराई (मधेस) संयुक्त राष्ट्रसंघको विधानको ७३ सेक्सन अन्तर्गत पर्ने भएकोले स्वतन्त्र हुनु पर्छ भन्ने माँग राखेका थिए । यसका लागि उनले मधेस जनक्रान्तिकारी दल खोलेका थिए । उनले पनि नेपाल सरकारसँग अधिकार खोस्न मधेसीहरुले आफनै आर्मी बनाउने योजना बनाएका थिए ।

ठाकुरले मधेसको आफ्नै बैदेशिक नीति, आफ्नै आर्मी, आफ्नै पुलिस, आफ्नै प्रशासन, आफ्नै कानुन र घरेलु व्यापारिक नीति मधेसीहरुले नै तोक्न पाउनु पर्ने लगायतका माग राखेका थिए । आफ्नो माग पुरा गराउन दिल्लीको संसदभवन अगाडि ठाकुर दिउसै पेट्रोलम्याक्स बालेर समेत हिडेका थिए । नेपाल सरकारले षड्यन्त्रपूर्वक सन् १९८१, २१ तारिखका दिन भारत बिहारको अररिया जिल्ला, फुल्काहा ग्रामपञ्चायतमा हत्या गरियो । अहिले ठाकुरलाई राज्यले सहीद घोषणा गर्नु पर्ने माँग पनि उठिरहेको छ । राजतन्त्रका विरोधी रुपमा चिनिएका नेपालका प्रथम गणतन्त्रवादी नेता रामराजा प्रताप सिंहले २०३७ सालको जनमत संग्रहमा बहुदलीय जनवादी मोर्चाको नामबाट बहुदलको पक्षमा भाग लिएका थिए ।

भने जनमत संग्रह पछि सशस्त्र क्रान्ति गर्ने योजना बनाउन थाले र भारतको दुर्गम पहाडी भेगमा छपामार सैन्य दललाई तालिम दिई जनवादी मोर्चाको नेतृत्वमा वि.सं. २०४२ सालमा राजदरबार, सिंहदरबार लगायतका स्थानहरुमा एकैचोटी एकै समयमा राजतन्त्र अन्त्य गर्न बम विष्फोट गराएका थिए । सिंह माओवादीका तर्फबाट राष्ट्रपतिका उम्मेदवार बनेका थिए । उनलाई अहिले नेपालकै प्रथम गणतन्त्रवादी नेताको रुपमा चिन्ने गरिन्छ । पंचायतकालको अन्तिम चरणमा सप्तरीका गजेन्द्र नारायण सिंहले पुनः मधेसवाद र हिन्दीको पक्षमा कुरा उठाएका थिए ।

सिंहले पंचायतकालमा चलाईरहेको नेपाल सद्भावना परिषदलाई बहुदलीय व्यवस्थाको पुनस्र्थापना पछि नेपाल सदभावना पार्टीमा परिवर्तन गरी मधेसी हकअधिकारको बारेमा अभियान चलाए । उनले २०४७ सालमा पार्टी गठन पछि असारमा भएको पहिलो महाधिवेशनमा प्रस्तुत गरेको लिखित भाषणमा १० लाख मधेसीहरु नागरिकताबाट वञ्चित भएकाले उनीहरुलाई नेपालको नयाँ संविधान घोषणा हुने दिन बसोबास गर्ने सबै नेपालीलाई नागरिकता दिनु पर्ने माँग राखेका थिए ।

त्यसैगरी मधेसी समुदाय समेत उपेक्षित समुदायका लागि नयाँ बन्ने संविधानमा विशेष व्यवस्था हुनु पर्ने एवम् निर्वाचन क्षेत्रदेखि केन्द्रीय सरकारसम्मको हरेक प्रकारको नोकरीमा ५० प्रतिशत सिट मधेसी समुदायका लागि सुरक्षित गर्नु पर्ने, मधेस क्षेत्रलाई एक ईकाई मानेर यसलाई स्वायत्त प्रान्त घोषित गर्नुपर्ने र हिन्दी भाषालाई राष्ट्र भाषा बनाउनु पर्ने लगायतका माँग राखेका थिए । नेपाल सदभावना पार्टीको पहिलो महाधिवेशनको नारा नै (सद्भावना पार्टी ने दिया आवाज मधेसीया लेगा सौ में पचास) भन्ने थियो । सिंहले नेतृत्व गरेको नेपाल सदभावना पार्टी उनको मृत्यु पछि पटक पटक विभिन्न भागमा विभाजन भएको छ । जत्ति टुक्रा विभाजित भए पनि मधेसी हकहितका लागि विभिन्न माँग राखी अग्रसर छन् ।

यसरी मधेसी राजनीतिलाई विश्लेषण गर्ने हो भने सत्तावादको कारणले गर्दा मधसी राजनीतिमा फुट, टुट र उपगुटको समस्या देख्न थालेको छ । जबसम्म सत्तामुखी होइन, मधेसमुखी राजनीति मधेसवादी दलहरुले गर्दैनन् तबसम्म मधेसमा कुनै पनिसमस्याको समाधान हुन सक्दैन ।

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें

b