गुरुवार, 20 जनवरी 2011

कसलाई भन्नु

कसलाई भन्नु मन का व्यथा र वेदना !!
सुन्ने कोहि भएन ,
घाउ बल्झाउने धेरै भयो !!
मल्हम लाईदिने कोहि भएन ,
आँखामा आँसु दिने धेरै भयो !!
ओठमा मुस्कान दिने कोहि भएन ,

दुख नै मेरो जीवनको असल साथी हो !!
सबैले छोडेर गए पनि दुखले साथ छोडेन ,
न देऊ मलाई कसैले झुठो आशा !!
सुख को छैन मेरो मन मा अभिलाषा ,
कसलाई भनु मन का व्यथा र बेदना !!
सुन्ने कोहि भएन ,

जीवन एकल यात्रा हो,एक्लै म हिड्छु !!
दुख मै सुख सरि हाँसी हाँसी बाँच्छु ,
म आफैमा रमछु, व्यथाको गीत गाऊछु !!
यो यात्रा निरन्तर चली रहन्छ !!
जीवनको मृत्यु सैया सम्म ,
कसलाई भन्नु मनका व्यथा र वेदना !!

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें

b